ad ad

समाज


आज देशका धेरै स्थानमा हावाहुरी/चट्याङसहित असिना-पानी पर्ने सम्भावना

आज देशका धेरै स्थानमा हावाहुरी/चट्याङसहित असिना-पानी पर्ने सम्भावना

नेपालखबर
बैशाख १०, २०७७ बुधबार ०:५४,

आज (बुधबार) पनि देशका धेरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

केही दिनयता याे क्रम जारी छ। 

बुधबार बिहान ६ बजे आफ्नो वेबसाइटमार्फत महाशाखाले दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली हुने र अपराह्नपछि देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जानकारी दिएको हो। साथै मध्य र पूर्वी तराईका समेत केही ठाउँमा आज चट्याङ/हावाहुरीसहित असिना-पानी पर्ने सम्भावना देखिएको छ।

त्यसैले होसियारी अपनाउन महाशाखाले सबैमा आग्रह गरेको छ। केही दिनयता हावाहुरी तथा चट्याङले भौतिक तथा मानवीय क्षति गरिरहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै उसले भनेको छ- देशका पहाडी भूभागका धेरै स्थानहरूमा र मध्य र पूर्वी तराईका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिना सहित वर्षा हुन सक्ने देखिएकाले सतर्कता अपनाउन हुन अनुरोध छ।

मौसमविद्का अनुसार यो खबर लेख्दासम्म कतै वर्षा भएको छैन, मध्य र पूर्वी भूभागमा सामान्यदेखि पूर्णसम्म बदली भएको छ भने पश्चिमी भूभागमा मौसम आंशिक बदली भएको छ।

अहिले नेपालमा स्थानीय वायुका साथै पश्विमी वायुको समेत प्रभाव रहेको मौसमविद्ले बताएका छन्।

माैसम महाशाखाले जारी गरेकाे आगामी ३ दिनको मौसम पूर्वानुमान

 वैशाख १०गते (बुधबार)

दिउँसोः  देशभर आंशिकदेखि सामान्य  बदली  रहनेछ।देशका पहाडी भू-भागका धेरै स्थानमा र मध्य र पूर्वी तराईका थोरै स्थानमा अपराह्नपछि मेघगर्जन/ चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातीः  देशभर आंशिकदेखि सामान्य  बदली  रहने छ। पहाडी भू-भागका एक-दुई स्थानमा र पूर्वी तराईका थोरै स्थानमा मेघगर्जन/ चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

वैशाख ११गते (बिहीबार)

दिउँसोः  देशभर आंशिकदेखि सामान्य  बदली रहने छ। देशका पहाडी भू-भागका धेरै स्थानमा र मध्य र पश्चिमी तराईका थोरै स्थानमा अपराह्नपछि मेघगर्जन/ चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

रातीः  देशभर आंशिकदेखि सामान्य  बदली  रही पश्चिमी पहाडी भूभागका केही स्थानमा र मध्य र पूर्वी भू-भागका थोरै  स्थानमा  मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ।

वैशाख १२ गते (शुक्रबार)

दिउँसोः   देशका मध्य र पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। मध्य र पूर्वी भू-भागका केही स्थानमा र पश्चिमी पहाडी भू-भागका थोरै स्थानमा  मेघगर्जन/चट्याङ/असिनासहित वर्षाको सम्भावना छ। पूर्वी पहाडी भूभागमा हावाहुरीको समेत सम्भावना छ।

रातीः  देशभर आंशिकदेखि सामान्य  बदली  रही पहाडी भूभागका एक-दुई स्थानमा  मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .