संविधान दिवसको अवसरमा आज चितवनमा शान्तिको प्रतीक परेवा उडाइएको छ। संविधान दिवस मूल समारोह समिति चितवनले दुई जोडी परेवा उडाएर संविधान दिवस मनाएको हो।
मुलुकमा शान्तिको कामना गर्दै जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले संयुक्त रुपमा परेवा उडाएका छन्।
कार्यक्रममा जिल्लाका सरकारी कार्यालय प्रमुख, स्थानीय तहका प्रमुख एबं उपप्रमुखहरु, राजनीतिक दलका नेताहरुको सहभागिता थियो।
त्यस अवसरमा कार्यालय परिसरमा वृक्षरोपण, झण्डोत्तोलनलगायतका कार्यक्रम गरिएको थियो। जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले संविधानको निरन्तरता र पालनाका लागि सबै लाग्नुपर्ने बताए। रासस

प्रतिक्रिया