भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा देशभर ३८ वटा स्वास्थ्य संस्था र १९ खोप केन्द्रमा क्षति पुगेको छ। स्वास्थ्य सेवा विभागले संकलन गरेको विवरण अनुसार जिल्ला अस्पताल देखि प्राथमिक स्वास्थ्य केन्द्रमा क्षति पुगेको हो।
विभाग अन्र्तगतको परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा अभियान गौतमले १९ वटा खोप कोल्ड चेन सेन्टरमा असर पुगेको बताए।
खोपलाई तापक्रम मिलाएर राख्न प्रयोग गरिने कोल्ड चेन सेन्टरमा असर पुगेको डा गौतमले बताए।
देशभर ७ सय कोल्ड चेन सेन्टर छन्।
प्रदर्शनले सबभन्दा बढी क्षति कर्णाली प्रदेशको कोल्ड चेनमा गरेको छ। कर्णालीमा ११ र मधेष बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका २,२ वटा सेन्टरमा क्षति पुगेको छ।
डा गौतमले कोल्ड चेनमा असर गरे पनि खोप कार्यक्रम नरोकिने जनाएका छन् सरकारले शिशु जन्मिए देखि १५ महिना सम्मका बालबालिकालाई खोप लगाउदै आएको छ।

प्रतिक्रिया