सहकारीमा कार्यरत २५ वर्षीया युवतीलाई बलात्कारपछि हत्या गरेको आरोपमा खोटाङ प्रहरीले १६ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे निवासी रविन परियारकी पत्नी २५ वर्षीया रेश्मीका सिवा परियारको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँमा १६ वर्षीय एक किशोरलाई पक्राउ गरेको हो।
गएको आइतबार राति रेश्मीकाको शव स्थानीय जंगलमा फेला परेको थियो।
‘अनुसन्धानका क्रममा हामीले घटनामा संलग्न भएको आशंकामा १६ वर्षीय किशोरलाई पक्राउ गरेका छौँ,’ घटनाको अनुसन्धान गरिरहेका जिल्ला प्रहरी कार्यालय खोटाङका इन्सपेक्टर सुशान्त मिश्रले नेपालखबरसँग भने, ‘युवतीको बलात्कारपछि हत्या भएको आशंका छ। पोस्टमार्टम रिपोर्ट आएपछि थप विवरण हामी सार्वजनिक गर्नेछौँ।’
पक्राउ परेका किशोर र रेश्मीकाबीच सामान्य चिनजान रहेको प्रहरी अनुसन्धानले देखाएको छ। किशोर सोही ठाउँका स्थानीय वासिन्दा हुन्। उनले सोही ठाउँमा लेवरको काम गर्दै आएका प्रहरीले जनाएकाे छ।
रेश्मिका दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत थिइन्।
सहकारीमा काम गर्ने २५ वर्षीया युवतीको शव जंगलमा भेटियो, बलात्कारपछि हत्या भएको आशंका
Shares

प्रतिक्रिया