ad ad

समाज


भारतमा भीडले आक्रमण गरी बिथोल्यो कोरोनाबाट मृत्यु भएका डाक्टरको अन्तिम संस्कार

भारतमा भीडले आक्रमण गरी बिथोल्यो कोरोनाबाट मृत्यु भएका डाक्टरको अन्तिम संस्कार

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार ९:०,

भारतको चेन्नईमा कोरोना भाइरसबाट मृत्यु भएका एक डाक्टरको अन्तिम संस्कारमा भीडले आक्रमण गरी बिथोलेको छ।

यो हिंसात्मक घटनापछि २० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

न्युरोसर्जन डा. साइमन हर्कुलसको कोरोनाबाट मृत्यु भएको थियो। उनका परिवारका सदस्य तथा आफन्त शनिबार राति अन्तिम संस्कारका लागि गएका थिए। 

तर, २० जनाको समूहले उनीहरुमाथि आक्रमण गरेको थियो। आक्रमणमा दुई एम्बुलेन्स चालक घाइते भएका छन्।

प्रहरीले ती आक्रमणकारीहरु समाधिस्थलनजिकै बस्नेहरु रहेको बताएको छ। नजिकै कोरोना संक्रमितलाई गाड्दा आफूहरुलाई सर्ने भयका कारण सो आक्रमण भएको प्रहरीको भनाइ छ।

सोमबार बिहान परिवारका सदस्यबिनै हर्कुलसको अन्तिम संस्कार गरिएको बताइएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .