आज बुधबार, १ असोज २०८२ (१७ सेप्टेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-
मेष: स्वास्थ्य प्रतिकूल रहन सक्छ, अत: सचेत रहनु होला। ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। यात्रा कष्टकर हुनसक्छ। साँझमा आफन्तसँग भेटघाट हुनेछ र नयाँ योजना बन्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३९, व्यापारमा ३८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।
वृष: ठिक समयमा सही निर्णय लिन सकिनेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। रमणीय र सुखद यात्रा हुनेछ। परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला। नयाँ क्षेत्रमा लगानीको अवसर छ।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७९, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
मिथुन: नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। कुनै न कुनै कुराले मनमा प्रसन्नता छाउनेछ। अतिथिका रूपमा सम्मान पाइनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। नयाँ काममा सफलता हात लाग्नेछ।
भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।
कर्कट: घुमफिर र सफल यात्राको विशेष अवसर छ। मनपर्ने व्यक्तिको भरपुर साथ र सहयोग मिल्नेछ। अचल सम्पत्ति हात पर्ला। कलकारखाना र बन्दव्यापारबाट फाइदा हुनेछ। गरेको कार्यमा सफलता मिल्नेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।
सिंह: समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। समस्या समाधानका लागि चालिएको कदम निरर्थक होला। यात्रामा सावधानी अपनाउनु पर्नेछ। स्वास्थ्य मापदण्डको ख्याल गर्नु होला। साँझमा धनलाभ हुनेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
कन्या: प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ।
भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।
तुला: लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। इच्छा-आकाङ्क्षा पूर्ण हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। ठिक समयमा सही निर्णय लिन सकिनेछ र आम्दानी बढ्नेछ। व्यवसायका लागि यात्राको सम्भावना छ।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
वृश्चिक: शुभकार्यको चर्चा चल्नेछ। सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सम्पादन हुनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनेछ। स्वास्थ्यमा सुधार आउला।
भाग्यशाली रङ आकासे र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६६, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
धनु: आँटेको काममा ढिलासुस्ती हुन सक्छ। किनमेल गर्दा विशेष सावधानी अपनाउनुहोला, सामानहरू छुट्ने वा हराउने सम्भावना छ। तीर्थाटनको योग छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।
भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, वैदेशिक कार्यमा ४८ र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
मकर: परिवारजनको साथले नयाँ आशा पलाउनेछ। सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ। पुँजी बजारमा लगानी गर्दा सफलताको अवसर जुट्नेछ। नयाँ काममा हात हाल्ने समय छ। साँझमा मित्रहरूले वचन पूरा नगर्दा हैरानी बेहोर्नु पर्ला।
भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
कुम्भ: रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। कला र गलाको प्रभाव बढ्नेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्न सक्छ। मनोरञ्जनमा सहभागी भइएला। कतै भ्रमणको योजना बन्नेछ। व्यावसायिक क्षेत्र त्यति भरपर्दो रहन्न।
भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।
मीन: धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई लाभ मिल्दै जानेछ। वैदेशिक कार्य अघि बढ्नेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
Shares

प्रतिक्रिया