ad ad

समाज


होटल बस्ने पैसा सकिएपछि गुफामा बसिरहेका नेपालीसहित ६ पर्यटकको उद्धार

होटल बस्ने पैसा सकिएपछि गुफामा बसिरहेका नेपालीसहित ६ पर्यटकको उद्धार

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार ६:५९,

लकडाउनको समयमा गुफामा आश्रय लिइरहेका एक नेपालीसहित ६ पर्यटकलाई भारतको प्रहरीले उद्धार गरेको छ।

उत्तराखण्ड राज्यको रिसिकेस क्षेत्रनजिकैको गुफामा नेपालीसहित फ्रान्स, टर्की, युक्रेन र अमेरिकाका ६ पर्यटक मार्च २४ देखि बसिरहेका थिए।

आइतबार प्रहरीले उनीहरुलाई उद्धार गरेर हाल एक आश्रममा क्वारेन्टिनमा राखेको छ। उद्धार गरिएकामध्ये चार पुरुष र एक महिला भएको सीएनएनले जनाएको छ।

उक्तराखण्ड प्रहरीका प्रवक्ता मुकेस चन्दका अनुसार होटलमा बस्ने पैसा सकिएपछि उनीहरु नजिककैको गुफामा बस्न गएका थिए।

हाल स्वर्ग आश्रममा उनीहरुलाई राखिएको चन्दले बताए। बाँकी रहेको पैसाले खाना बोकेर उनीहरु गुफा छिरेका थिए।

मार्च २० देखि उत्तराखण्डमा स्वदेशी र विदेशी पर्यटकलाई प्रतिबन्ध लगाइएको छ। कोरोनाको त्रासपछि भारत गत मार्च २५ देखि लकडाउन गरिएको छ।

लकडाउन मे ३ मा सम्पन्न हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .