ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको पहलमा उपत्यकामा अलपत्र प्रदेश ५ का १७ सय मजदुर घर फर्केका छन्।
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण उपत्यकामा अलपत्र परेका प्रदेश ५ का करिब १७ सय मजदुर सोमबार साँझ ४४ वटा बसमा घरतर्फ लागेका हुन्।

घर लाग्नेमा अधिकांश भक्तपुरका विभिन्न इट्टा उद्योगमा काम गर्ने रोल्पा, रुुकम र सल्यानका मजदुर रहेका उद्धारमा क्रियाशील विद्यार्थी नेता दिपेश पुनले जानकारी दिए। ‘आज ४४ वटा बसमा प्रदेश ५ का १७ सय जति मजदुरहरु घरतर्फ लाग्नुभएको छ,’ पुनले भने। उनीहरुलाई ऊजा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बिदाइ गरेका थिए।
आइतबार साँझ प्रदेश ५ का ४ सयभन्दा बढी मजदुरहरुलाई उपत्यकाबाट उद्धार गरेर घर पठाइएको थियो।

विद्यार्थी नेता पुनले सोमबार घर पठाइएका प्रदेश ५ का करिब १७ सय मजदुरहरुको उद्धार पनि ऊर्जामन्त्री पुनकै पहलमा भएको बताए। उनले घर जान पाउँदा मजदुरहरु हर्षित भएको बताए।

प्रतिक्रिया