समाज


काठमाडौँमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा ३१ वर्षीय युवकको मृत्यु

टिपरको नम्बर खुलेन, चालक पनि भागे
काठमाडौँमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा ३१ वर्षीय युवकको मृत्यु

नेपालखबर
भदौ ३०, २०८२ सोमबार १४:५०, काठमाडौँ

काठमाडौँ महानगरपालिका–१६ बनस्थली चोकमा आज बिहान टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

साेमबार बिहान टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका बा.४६ प ४६०० नम्बरको मोटरसाइकल चालक ललितपुर सातदोबाटो बस्ने ३१ वर्षीय मनिष केसीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

केसीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

दुर्घटनापछि केसीलाई उपचारको लागि स्वयम्भूस्थित मनमोहन अस्पतालमा लगिएको थियो। मोटरसाइकललाई ठक्कर दिएपछि टिपर चालक फरार भएका छन्।

टिपरको नम्बर पनि नखुलेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad