समाज


महान्यायाधिवक्ताको कार्यालयबाट लुटिएका सामान फिर्ता गर्न सूचना

महान्यायाधिवक्ताको कार्यालयबाट लुटिएका सामान फिर्ता गर्न सूचना

नेपालखबर
भदौ २९, २०८२ आइतबार १९:३४, काठमाडौँ

महान्यायाधिवक्ताको कार्यालयबाट लुटिएका कम्प्युटरदेखि टेलीफोन सेटसम्मका सामान फिर्ता गर्न सूचना

महान्याधिवक्ताको कार्यालयले जेनजी आन्दोलनका क्रममा कार्यालयबाट लुटपाट र चोरी भएका सामान फिर्ता गर्न आग्रह गरेको छ। आइतबार सूचना जारी गर्दै कार्यालयले त्यस्ता सामग्री देखेमा बुझाउन आग्रह गरेको हो। 

‘मिति २०८२०५/२४ गते भएको आगजनी र तोडफोडको क्रममा महान्यायाधिवकताको कार्यालयमा रहेका सवारी साधन, कम्प्युटर, प्रिन्टर, ल्यापटप, स्क्यानर, हार्ड ड्राइभ, टी.भी. कुर्सी, टेलीफोन सेट लगायतका सामानहरू लुटपाट र चोरी समेत भएकोले गर्दा महान्यायाधिवक्ताको कार्यालयबाट लगिएका महान्यायाधिवाको कार्यालय जिन्सि खाता पाना (जि.खा.पा.ने) उल्लेख भएको कसैले देख्नु भएमा वा कुनै कारणबाट भेटाउनु भएमा यस कार्यालयमा बुझाई सहयोग गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad