ad ad

समाज


काेराेना: अमेरिकामा मृतकको संख्या ४२ हजार नाघ्यो, इटली र स्पेनको अवस्था कस्तो छ?

काेराेना: अमेरिकामा मृतकको संख्या ४२ हजार नाघ्यो, इटली र स्पेनको अवस्था कस्तो छ?

नेपालखबर
बैशाख ९, २०७७ मंगलबार २:४४,

विश्वव्यापी कोरोना भाइरसको महामारीबाट विश्वमै सबैभन्दा पीडित अमेरिकामा यसबाट मृत्यु भएकाको संख्या ४२ हजार नाघेको छ भने संक्रमितको संख्या ८ लाख उन्मुख भएको छ।

नेपाली समय मंगलबार बिहान ८ः२० बजेसम्म (वर्ल्डओमिटर) को तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा मृत्यु भएका बिरामीको संख्या ४२ हजार ५ सय १४ पुगेको छ। यस्तै ७ लाख ९२ हजार ७ सय ५९ जना संक्रमित भएका छन्।

अमेरिकापछि कोरोना संक्रमणबाट सबैभन्दा बढी इटलीमा मृत्यु भएको छ। यो खबर लेख्दासम्म त्यहाँ यसबाट २४ हजार १ सय ४४ जनाको मृत्यु भएको छ। यसपछि विश्वमा कोरोनाबाट सबैभन्दा बढी मृत्यु स्पेनमा भएको छ। त्यहाँ अहिलेसम्म २० हजार ८ सय ५२ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ।

यस्तै संक्रमितको संख्या स्पेनमा २ लाख २ सय १० जना पुगेको छ भने इटलीमा यसको संख्या १ लाख ८१ हजार २ सय २८ पुगेको छ। कोरोनाबाट मृत्यु हुने संख्या स्पेनमा भन्दा इटलीमा धेरै रहे पनि संक्रमितको संख्या भने स्पेनमा बढी रहेको अर्ल्ओमिटरको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .