जेनजीको शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउन आदेश दिएको भन्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेकाे छ।
पूर्वप्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाहले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिलकुमार तामाङमार्फत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएका हुन्। जाहेरीमा ओलीले नै गोली चलाउन आदेश दिएको दाबी गरिएको छ।
जाहेरीमा ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाको गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरिएको छ। साथै, शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्का प्रमाणका रूपमा पेस गर्न माग गरिएको छ।
जाहेरीमा मृतकहरूको नाम पनि समावेश गरिएको छ।
2.1k
Shares

प्रतिक्रिया