समाज


जेनजी आन्दोलनमा ३० जनाले ज्यान गुमाए, १ हजार ३३ घाइतेमध्ये ७१३ जना डिस्चार्ज

जेनजी आन्दोलनमा ३० जनाले ज्यान गुमाए, १ हजार ३३ घाइतेमध्ये ७१३ जना डिस्चार्ज

नेपालखबर
भदौ २५, २०८२ बुधबार २१:१५, काठमाडौँ

जेनजी आन्दोलनमा हालसम्म ३० जनाले ज्यान गुमाएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २८ अस्पतालमा २५३ जना घाइतेहरूको उपचार भईरहेको छ।

हालसम्म १ हजार ३३ जना घाइते भएका मन्त्रालयले जनाएको छ। तीमध्ये ७१३ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ भने ५५ जनालाई अन्यत्र रेफर गरिएको छ।

सबैभन्दा बढी घाइते सिभिल अस्पतालमा छन्। 

सिभिल अस्पतालमा ४३६ मध्ये ३४४ जना उपचारपछि घर फर्किएका छन् भने ६ जनाको मृत्यु भएको छ। नेसनल ट्रमा सेन्टरमा १६१ जना उपचारका लागि भर्ना भएका थिए, जसमा ५८ जना अझै उपचाररत छन् र ८ जनाको मृत्यु भएको छ। 

बाँकेको भेरी अस्पतालमा उपचारका लागि आएका २८ घाइतेमध्ये ५ जनाले ज्यान गुमाएका छन्।

कुन अस्पतालमा कति?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad