नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्युलाई केही खुकुलो बनाउँदै लगेको छ।
जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार सूचना प्रकाशित गरी कर्फ्युको समय घटाएको हो।
‘काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषणका आधारमा नागरिकको जनधनको सुरक्षाको लागि जारी भएको निषेधाज्ञा तथा कर्फ्यु आदेशलाई क्रमबद्ध रुपमा खुकुलो बनाउँदै निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको’ सेनाले जनाएको छ।
सो अनुसार अत्यावश्यक कार्यको लागि भदौ २६ गते विहान ६ बजेदेखि १० बजेसम्म तथा बेलुकी ५ बजेदेखि ७ बजेसम्म आवतजावत गर्न सकिने सेनाले जनाएको छ।
सेनाले भदौ २६ गते विहान १० देखि साँझ ५ बजेम्म निषेधाज्ञा तथा बेलुकी ७ बजेदेखि २७ गते विहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।


24
Shares

प्रतिक्रिया