समाज


सुनकोसीमा बेपत्ता १४ वर्षीय किशोरको शव भेटियो

सुनकोसीमा बेपत्ता १४ वर्षीय किशोरको शव भेटियो

नेपालखबर
भदौ २२, २०८२ आइतबार १३:१९, सिन्धुली

गएको शुक्रबार सुनकोसी नदीमा बेपत्ता भएका १४ वर्षीय किशोरको शव फेला परेको छ। 

पौडी खेल्ने क्रममा बेपत्ता भएका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बलेनीघाट निवासी पवन मग्रातीका छोरा प्रख्यात मग्रातीको शव फेला परेको हो। 

गोताखोर र प्रहरी टोलीले खोजी गर्ने उनको शव घटनास्थल नजिकै फेला परेको प्रहरीले जनाएकाे छ। 

बेपत्ता किशोरको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी विपत् व्यवस्थापन बेस क्याम्प खुर्कोटको टोली र स्थानीय खटिएका थिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad