समाज


सुनकोसीमा डुबेर १४ वर्षीय किशोर बेपत्ता

सुनकोसीमा डुबेर १४ वर्षीय किशोर बेपत्ता

सांकेतिक फोटो


नेपालखबर
भदौ २०, २०८२ शुक्रबार १७:३०, काठमाडौँ

पौडी खेल्ने क्रममा सुनकोसी नदीमा एक किशोर बेपत्ता भएका छन्।

शुक्रबार दिउँसो सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बलेनीघाटस्थित पवन मग्रातीको छोरा अन्दाजी वर्ष १४ को प्रख्यात मग्राती सुनकोसी नदीको किनारमा पौडी खेल्ने क्रममा अचानक डुबी बेपत्ता भएका हुन्। 

सो सम्बन्धी खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट हैवारवेशीबाट प्रहरी वरिष्ठ हवल्दार इन्द्र बहादुर मगरको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। 

यस्तै, इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरिक्षक बसन्त बहादुर भुजेल नेतृत्वको प्रहरी टोली र सशस्त्र प्रहरी विपत व्यवस्थापन बेश खुर्कोटबाट सहायक प्रहरी निरिक्षक ज्ञानेद्र राउतको संयुक्त प्रहरी टोली खटिगई खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad