राजनीति


एमाले संगठित सदस्यको संख्या ६ लाख ६२ हजार

एमाले संगठित सदस्यको संख्या ६ लाख ६२ हजार

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार १७:४६, काठमाडौँ

नेकपा (एमाले)को पार्टी सदस्य लिनेको संख्या ६ लाख ६२ हजार ९ सय ६१ जना पुगेको छ। महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्दै सदस्यताबारे जानकारी गराएका हुन्।
 
उनले ६४ हजार ७ सय ६ कमिटीमा फर्मेशन रहेको पनि बताए। पोखरेलले संगठित पार्टी सदस्यको संख्या १० औँ महाधिवेशनपछि ३० प्रतिशतले बढेको पनि जानकारी दिए। 

डेढ लाख सदस्यहरू संगठित हुन बाँकी रहेको महासविच पोखरेलको भनाइ छ। उनका अनुसार कुल ४ लाख २७ हजार १६ जना विभिन्न कमिटीमा आवद्ध छन्।

ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा पोखरेलले पेस गरेको प्रतिवेदनमा उल्लेख गरिएको तथ्याङ्कअनुसार जिल्ला, प्रवास, प्रदेश, सम्पर्क मञ्च १ सय ३ जिल्ला कमिटी, महानगर, उपमहमानगर नगरपालिका गाउँपालिका कमिटी १ हजार ६७ कमिटी रहेका छन्। त्यसैगरी  वडा कमिटी ७ हजार ७ सय ६० र टोल कमिटी ५५ हजार ७  सय ७६ रहेको छ।

प्रदेशअन्तर्गत कोशी प्रदेशमा १४ जिल्ला कमिटी र १ सय ३६ पालिका कमिटी रहेको छ । त्यसैगरी वडा कमिटी ११ सय ५७ र टोल कमिटी ७ हजा १ सय १ रहेको छ। कोशी प्रदेशमा कुल ८ हजार ४ सय ८ कमिटी रहेको छ।

त्यसैगरी मधेस प्रदेशमा  ८ जिल्ला कमिटी, १ सय ३६ पालिका, १२ सय ७१ वडा, ६ हजार ५ सय १५ टोल कमिटी गसरी कुल ७ हजार ९ सय ३० रहेको छ। 

बागमती प्रदेशतर्फ १३ जिल्ला, १ सय ११ पालिका, ११ सय २१ वडा, १४ हजार २ सय ६ टोलसहित कुल १५ हजार ४ सय ५१ कमिटी रहेको छ।

गण्डकी प्रदेशमा ११ जिल्ला कमिटी, ८५ पालिका, ७ सय ५९ वडा, ५५ सय ६० सय टोल  गरी कुल ६ हजार ४ सय १५ कमिटी रहेको छ।

लुम्बिनी प्रदेशमा १२ जिल्ला, १ सय ९ पालिका, ९ सय ८३ वडा, ९ हजार २ सय ६७ टोल गरी  कुल १० हजार ३ सय ७१ कमिटी रहेको छ।

कर्णाली प्रदेशमा १० जिल्ला कमिटी, ७९ पालिका, ७ सय १८ वडा, ६ हजार ४ सय ५३ टोलसहित कुल ७ हजार २ सय ६० कमिटी रहेको छ।

सुदूपश्चिम प्रदेशमा ९ जिल्ला, ८८ पालिका, ७ सय ३४ वडा, ५ हजार ८ सय ५० टोलसहित गर्दा कुल ६ हजार ६ सय ८१ कमिटी रहेको छ।

त्यसैगरी समन्वय सम्पर्क अन्र्तगत ७ जिल्ला, ७४ पालिका, ७ सय ४३ वडा कमिटी गरी कुल ८ सय २४ वटा सम्पर्क समन्वय कमिटी रहेका छन्। 

प्रवासी नेपाली मञ्चलाई ५ जिल्ला कमिटीको हैसियत, ३६ पालिका, ७० वटा वडा गरी कुल १ सय ११ कमिटी रहेको छ ।लप्रवासी नेपाली संघ भारत शाखामा १० वटा जिल्ला, १ सय ४१ पालिका,  ४ सय १६ वडा तह गरी कुल ५ सय ६७ कमिटी रहेको छ। 

तथ्याङ्कअनुसार जिल्ला तहमा ९ हजार ७ सय ७४ जना नेता, कार्यकर्ता आबद्ध छन्। पालिका तहमा ४१ हजार ६ सय ३३। वडामा १ लाख ७४ हजार २ सय ४५ । टोलमा २ लाख १ हजार ३ सय ६४ जना रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad