समाज


विमानस्थल आसपासका क्षेत्रमा चंगा, ड्रोन, बेलुन नउडाउन नागरिक उड्डयन प्राधिकरणको आग्रह

विमानस्थल आसपासका क्षेत्रमा चंगा, ड्रोन, बेलुन नउडाउन नागरिक उड्डयन प्राधिकरणको आग्रह

फाइल तस्बिर


नेपालखबर
भदौ १९, २०८२ बिहिबार ८:३९, काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा चंगा, ड्रोन, बेलुन आदि नउडाउन नागरिक उड्डयन कार्यालयले आग्रह गरेको छ। 

कार्यालयले आज सूचना जारी गर्दै त्रिभुवन विमास्थलको हवाई आवागमन हुने तथा आसपाका क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाउने तथा लेजर लाइटले विमानको उडान सुरक्षामा गम्भीर असर पर्नसक्ने भन्दै त्यस्तो कार्य नगर्न/नगराउन अनुरोध गरेको हो। 

यस किसिमका गतिविधि एवं क्रियाकलाप नगर्न अनुरोध गर्दै कार्यालयले सूचनाको अवज्ञा गरेर यस्ता गतिविधि जारी राखे प्रचलित कानुन बमोजिम कडा कारबाही हुने चेतावनीसमेत दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad