समाज


२ वटा स्कुटर ठोक्किएको ठाउँमा मोटरसाइकल पनि गएर ठोक्कियो, २१ वर्षीय युवकको मृत्यु, अर्का घाइते

२ वटा स्कुटर ठोक्किएको ठाउँमा मोटरसाइकल पनि गएर ठोक्कियो, २१ वर्षीय युवकको मृत्यु, अर्का घाइते

फाइल तस्बिर


नेपालखबर
भदौ १८, २०८२ बुधबार १०:१२, काठमाडौँ

तनहुँमा गएराति तीनवटा सवारी साधन आपसमा ठोकिँदा एक युवकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। 

मंगलबार राति ११ बजे म्याग्दे गाउँपालिका- ४ स्थित पृथ्वीराजमार्गमा बिपरित दिशातिर गुडिरहेका ग.२१ प ३०३६ र ग.२३ प ८००७ नम्बरको स्कुटर आपसमा ठोक्किएका हुन्।  दुर्घटनामा दुवै स्कुटर चालक घाइते भएका थिए। 

दुई स्कुटर आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा  ग.२१ प ५११४ नम्बरको मोटरसाइकलसमेत अनियन्त्रित भइ घाइतेलाई ठक्कर दिन पुगेको प्रहरीले जनाएको छ।  

दुर्घटनामा गम्भीर घाइते भएका ग.२१प ३०३६ नम्बरको स्कुटरका चालक तनहुँको म्याग्दे गाउँपालिका-७ का ३२ वर्षीय विजय थापा क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

मोटरसाइकलका चालक जिल्ला कास्की पोखरा महानगरपालिका २१ बस्ने वर्ष २० का सहनशिल थापालाई प्रहरीले पक्राउ गरेको छ। 

दुर्घटनामा ग.२३प ८००७ नम्बरको स्कुटर चालक पोखरा-१७ घर भएका १९ वर्षीय प्रवीन क्षेत्री घाइते भएका छन्। उनको जीएससी पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad