समाज


पौने चार करोडसहित पक्राउ परेका श्रेष्ठले सुन धितो लिएर मिटरब्याजमा लगाउँथे रकम

पौने चार करोडसहित पक्राउ परेका श्रेष्ठले सुन धितो लिएर मिटरब्याजमा लगाउँथे रकम

श्रेष्ठको घरबाट बरामद पौने ४ करोड रुपैयाँ


नेपालखबर
भदौ १७, २०८२ मंगलबार १७:३५, काठमाडौँ

काठमाडौँको गंगबुमा पौने चार करोड रुपैयाँसहित पक्राउ परेका गोरखाका विनोदकुमार श्रेष्ठले रकम मिटर ब्याजमा लगाउने गरेको खुलेको छ। काठमाडौँ महानगरपालिका २६ गंगबुस्थित उनको घरमा प्रहरीले मंगलबार दिउँसो छापा मारेको छ। 

उनको घरबाट पौन चार करोड रुपैयाँ र सुनका गहना बरामद भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसपी शेखर खनालले जानकारी दिए। 

७७ वर्षीय श्रेष्ठले सुनका गहना धितो लिएर विभिन्न व्यक्तिलाई मिटर ब्याजमा रकम दिएको खुलेको हो। काठमाडौँ उपत्यका प्रहरीमा विशेष सूचना आएपछि प्रहरीले उनको घरमा छापा मारेको थियो।  

‘अहिलेसम्म मोटामोटी उनको घरबाट बरामद रकम पौने चार करोडजति छ। प्रहरीले अहिले पनि पैसा गनिरहेको छ। सुन पनि बरामद भएको छ। सुन जोख्न बाँकी छ’, एसएसपी खनालले नेपालखबरसँग भने। 

उक्त स्थानमा उपत्यका प्रहरी कार्यालयको विशेष टोलीसँगै काठमाडौँ जिल्ला प्रहरी परिसर र महाराजगञ्ज वृत्तको टोली खटिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad