राजनीति


कावा प्रधानमन्त्रीलाई १७ विद्यार्थी संगठनको ज्ञापनः राज्यकोषबाट सुविधा लिनेका सन्तानलाई सार्वजनिक विद्यालयमा पढाऊ

कावा प्रधानमन्त्रीलाई १७ विद्यार्थी संगठनको ज्ञापनः राज्यकोषबाट सुविधा लिनेका सन्तानलाई सार्वजनिक विद्यालयमा पढाऊ

नेपालखबर
भदौ १७, २०८२ मंगलबार १७:५१, काठमाडौँ

सत्तारुढ दलसहित विभिन्न १७ विद्यार्थी संगठनले राज्यकोषबाट सेवा सुविधा लिनेका सन्तानहरूलाई अनिवार्य रुपमा सार्वजनिक विद्यालयमा पढाउने व्यवस्था गर्न माग गरेका छन्। 

मंगलबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाउँदै विद्यार्थी संगठनहरूले विद्यालय शिक्षा विधेयकमै यस्तो व्यवस्था गर्न माग गरेका हुन्।

‘शिक्षक, कर्मचारी, जनप्रतिनिधि लगायत राज्य कोषबाट सेवा सुविधा लिने जोसुकैका सन्तान अनिवार्य रुपमा सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था ऐनमै लिपिवद्ध गर्न माग गर्दछौँ’ ज्ञापन पत्रमा भनिएको छ। 

सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (एमाले) र प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) का भातृ संगठनसहित विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरूले यसअघि शिक्षामा निजिकरण र व्यापारिकरणको विरोध गर्दै सोमबार संयुक्त आन्दोलनको घोषणा गरेका थिए। 

त्यही क्रममा उनीहरूले कावा प्रधानमन्त्रीसहित विभिन्न दलका नेताहरूलाई ज्ञापन पत्र बुझाएका हुन्।

यस्तो छ विद्यार्थी संगठनहरूको ज्ञापन पत्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad