चीनबाट निर्यात गरिएको तीन लाख टेस्ट किट भारत पुगेको छ।
शनिबार चीनको ग्वान्झाओबाट एयर इन्डिया बिमान तीन लाख थान कोरोना परीक्षण सामग्री एन्टीबडी टेस्ट किट बोकेर भारत उडेको थियो।
शनिबार नै स्वास्थ्य सामग्री भारत पुगेको एएनआईले जनाएको छ।
यी टेस्ट किट भारतीय राज्यहरु तमिलनाडु र राजस्थानका स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराइने भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
चीनका लागि भारतीय राजदूत विक्रम मिश्रीले ट्वीट गर्दै भनेका छन्,“ग्वान्झाओबाट झण्डै ३ लाख टेस्ट किट भारततर्फ पठाइएको छ। यी किट राजस्थान र तमिलनाडुका लागि व्यवस्था गरिएको हो।” रासस/एएनआई
प्रतिक्रिया