वर्षापछिको बाढी पहिरोको कारण आज पनि देशका १३ वटा सडक पूर्णरुपमा अवरुद्ध भएका छन्। त्यसैगरि आठवटा सडकमा एकतर्फी मात्रै गाडी चलेका प्रहरीले जनाएको छ।
आज सङखुवासभाको भोटखोला गाउँपालिकास्थित कोसी राजमार्ग, सोही जिल्लाको मकालु गाउँपालिकास्थित कोसी राजमार्ग पहिरो खस्दा अवरुद्ध भएको छ।
त्यसैगरि पहिरोले रसुवास्थित पासाङल्हामु राजमार्ग पनि बन्द छ। गोसाईकुण्ड गाउँपालिकाको केही खण्ड तथा गल्छी–त्रिशुली–मैलुङ सडक पनि पूर्णरुपमा अवरुद्ध छ।
त्यसैगरि ढोरपाटन-सालझण्डी, बेनी-दरवाङ सडक, भेरी करिडोर, कर्णाली राजमार्गअन्तर्गत जाजरकोटको छेडागाड र जाजरकोट–डोल्पा सडकखण्ड पनि बन्द अवस्थामा रहेको प्रहरीले जनाएको छ।



141
Shares

प्रतिक्रिया