समाज


छोरीलाई जन्म दिएपछि बितिन् प्रदेशसभा सदस्य सरिता पुन

छोरीलाई जन्म दिएपछि बितिन् प्रदेशसभा सदस्य सरिता पुन

नेपालखबर
भदौ १५, २०८२ आइतबार ५:६, काठमाडौँ

लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको निधन भएको छ। 

शनिबार काठमाडौँको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन सेन्टरमा उपचारका क्रममा उनको निधन भएको हो।

एमाले पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्वका इन्चार्ज खेममान खड्काकाअनुसार पूर्वी रुकुमको तकसेरा निवासी पुनले शल्यक्रियामार्फत छोरीलाई जन्म दिएपछि उनको दोस्रो शल्यक्रिया गरिएको थियो। 

दोस्रो शल्यक्रियामार्फत पुनको मुटुमा कृत्रिम ‘भल्भ’ प्रत्यारोपण गरिएको थियो। तर, उपचार सफल नहुँदा उनको निधन भएको खड्काले बताए।

स्वास्थ्य समस्या देखिएपछि केही दिनअघि मात्रै उनलाई थपचारको लागि काठमाडौँ ल्याइएको थियो। उनको एकैपटक दुईवटा जटिल शल्यक्रिया गरिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

पुन एमालेबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत लुम्बिनी प्रदेशसभा सदस्य बनेकी थिइन्। पुन लुम्बिनी प्रदेशसभामा अर्थ पर्यटन विकास समितिको सदस्यसमेत थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad