समाज


सुदूरपश्चिमका ५ संक्रमितमध्ये ४ जनाको रिपोर्ट पुनः पोजिटिभ, एक युवककाे मात्र नेगेटिभ

सुदूरपश्चिमका ५ संक्रमितमध्ये ४ जनाको रिपोर्ट पुनः पोजिटिभ, एक युवककाे मात्र नेगेटिभ

गोकुल जोशी
बैशाख ६, २०७७ शनिबार १४:६,

सुदूरपश्चिमका पाँच कोरोना संक्रमितमध्ये चार जनाको रिपोर्ट पुनः पोजिटिभ आएको छ। एक युवककाे नतिजा भने नेगेटिभ आएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत पाँचमध्ये चार जना कोरोना संक्रमितको अर्को रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी डा जगदीश जोशीले जानकारी दिए।

उनका अनुसार धनगढी उपमहानगरपालिका-५ का ३४ वर्षीय युवक, उनकी ३४ वर्षीया भाउजू, कञ्चनपुरको वेदकोट नगरपालिकाका ४१ वर्षीय पुरुषको तेस्रो तथा लम्किचुहा नगरपालिका १ की ६५ वर्षीया महिलाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको हो।

लम्किचुहा नगरपालिकाका २१ वर्षीय युवकको दोस्रो रिपोर्ट भने नेगेटिभ आएको हो। दुई साताअघि कोरोना पोजिटिभ देखिएर अस्पतालको आइसोलेसनमा रहेका उनको धनगढीकै प्रयोगशालामा शुक्रबार गरिएको दोस्रो पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ।

उनको रिपोर्ट नेगेटिभ आए पनि अहिले उनलाई अस्पतालको आइसोलेसनमै राखिएको छ।

‘फेरि स्वाब संकलन गरी प्रयोगशाला पठाइएको छ, लगातार दुई रिपोर्ट नेगेटिभ आयो भने डिस्चार्ज गरिन्छ, ’सूचना अधिकारी भट्टले भने, ‘भोलीको रिपोर्टको प्रतीक्षामा छौँ।’

संक्रमित पाँचै जना सेती प्रादेशिक अस्पतालमा उपचाररत छन्। उनीहरूको स्वास्थ्य सामान्य नै रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .