समाज


उखु किसानले भदौ २५ देखि राजमार्ग अवरुद्ध गर्ने

उखु किसानले भदौ २५ देखि राजमार्ग अवरुद्ध गर्ने

नेपालखबर
भदौ १४, २०८२ शनिबार १३:३६, काठमाडौँ

आन्दोलनरत उखु किसानले भदौ २५ देखि राजमार्ग अवरुद्ध गर्ने भएका छन्।

शनिबार उखु उत्पादक महासंघ र उखु उत्पादन हुने जिल्ला संघहरूको बैठकले अनिश्चितकालीन रूपमा राजमार्ग बन्द गर्ने निर्णय गरेको हो।

‘संयुक्त बैठकबाट माग सम्बोधन गराउनका लागि थप निर्णायक आन्दोलन अपरिहार्य रहेकोले सशक्त आन्दोलनका लागि सबै जिल्लाका उखु किसानहरूको सक्रिय सहभागितामा सर्लाहीको हरिवनमा २५ गते बुधबारबाट अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने सर्वसम्मत निर्णय भएकाले सो परिस्थितिमा उत्पन्न हुने प्रतिकूल वातावरणको जिम्मेवार नेपाल सरकार, अर्थ मन्त्रालय र सम्माननीय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् हुने जानकारी सबैमा अनुरोध छ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

उनीहरूले उखु किसानलाई उपलब्ध गराउन बाँकी अनुदान रकम बिनासर्त तत्काल भुक्तानी गर्न तथा उखुको मूल्य तोक्दा किसान प्रतिनिधिको सहभागिता सुनिश्चित गरी आन्दोलित किसानलाई सडकबाट घर खेतमा फर्किने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad