नुवाकोट प्रहरीले शिवपुरी गाउँपालिका-६, गुर्जेस्थित बार्दलीइन होटलमा कौडा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये ६ जना महिला रहेका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बुधबार राति करिब ११ः२५ बजे प्राप्त गोप्य सूचनाको आधारमा खटिएको टोलीले छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले घटनास्थलबाट कौडा ३१ थान र नगद १० लाख ७१ हजार ६ सय रुपैयाँ बरामद गरेको जनाएको छ।
पक्राउ परेकाहरूमाथि आवश्यक कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट उनीहरूलाई ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
135
Shares

प्रतिक्रिया