समाज


पाकिस्तानका तीन आतंककारी काठमाडौँ हुँदै बिहार पसेको दाबी, भारतीय प्रहरीले जारी गर्‍यो ‘अलर्ट’

पाकिस्तानका तीन आतंककारी काठमाडौँ हुँदै बिहार पसेको दाबी, भारतीय प्रहरीले जारी गर्‍यो ‘अलर्ट’

काठमाडौँ हुँदै बिहार पसेका भनिएका पाकिस्तानका तीन आतंककारीका स्केच तस्बिर।


नेपालखबर
भदौ १२, २०८२ बिहिबार १३:५१, काठमाडौँ

भारतले पाकिस्तानस्थित आतंकवादी संगठन जैस-ए-मोहम्मदका तीन सदस्य नेपाल हुँदै आफ्नो राज्य बिहार प्रवेश गरेको दाबी गरेको छ। 

तीन आतंककारीको नाम र तस्बिर सार्वजनिक गर्दै भारतको प्रहरी मुख्यालयले भागलपुरलगायत बिहारका सबै जिल्लामा 'अलर्ट' जारी गरेको छ।

बिहारमा घुसपैठ गरेका आतंककारीमा बहावलपुरका मोहम्मद उस्मान, उमरकोटका आदिल हुसेन र रावलपिंडीका हसनैन अली अवान रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

तीनै जना आतंककारी अगस्ट दोस्रो साता काठमाडौँ आइपुगेको र त्यसपछि उनीहरू बिहारमा घुसपैठ गरेको भनेर भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन्। 

यसका लागि भारतको प्रहरी मुख्यालयले सुरक्षा सतर्कता (अलर्ट) जारी गरेको जनाइएको छ।

पाकिस्तानबाट आएका ती व्यक्तिले अब देशमा आतंकवादी घटना गराउँछ भनेर भारत त्रासमा परेको छ। 

नेपालसँग सीमा जोडिएका भागलपुर, अररिया, किशनगन्ज, सुपौल, मधुबनी, सीतामढी, पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लालाई उच्च निगरानीमा राखिएको भारतीय प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad