काठमाडौँ महानगरपालिकाले ढल तथा नाली सफा गर्नुपर्ने स्थानको विवरण उपलब्ध गराउन सबै वडा कार्यालयसँग माग गरेको छ।
महानगरको विपद् व्यवस्थापन विभागले सूचना जारी गरी डुबानको जोखिम रहेका स्थानको सरसफाइ गर्नका लागि विवरण माग गरेको हो।
विभागका प्रमुख जगदीश अर्यालले आफ्नो क्षेत्रभित्रका ढल, नाली, क्याचपिट र ह्युमपाइपलगायत संरचनाको सरसफाइ गर्नुपर्ने भए सम्बन्धित स्थानको स्पष्ट विवरण उपलब्ध गराउन भनेका छन्।

33
Shares

प्रतिक्रिया