नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालालाई अत्याधुनिक फोरेन्सिक प्रविधि हस्तान्तरण गरेकाे छ।
प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाको उपस्थितिमा बुधबार आयोजित कार्यक्रममा उपकरण हस्तान्तरण गरिएको हो।
दूतावासले डीएनए सम्बन्धी सफ्टवयर कम्बाइन्ड डीएनए इन्डेक्स सिस्टम (सीओडीआईएस) र मास स्पेक्ट्रोमिटर रेडिएन एटमस्फेरिक प्रेसर सोलिडस एनालाइसिस प्रोब(एसएपी) दिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी थापाले नयाँ प्रविधिहरूले प्रयोगशालाको क्षमता अभिवृद्धि गर्ने उल्लेख गर्दै यसले वैज्ञानिक प्रमाण संकलनलाई अझ द्रुत, भरपर्दो र अन्तर्राष्ट्रियस्तरको बनाउने विश्वास व्यक्त गरे।
उनले अमेरिकीदूतावासले विगतका वर्षदेखि नै तालिम, परामर्श र उपकरण सहयोगमार्फत नेपाल प्रहरीलाई फोरेन्सिक क्षेत्रको विकासमा निरन्तर सहयोग गर्दै आएको स्मरण गराए।
सो अवसरमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले हस्तान्तरण गरिएको प्रविधिले अपराध अनुसन्धान र हराएका व्यक्तिको पहिचानमा ठूलो मद्दत पुग्ने बताए।
Shares

प्रतिक्रिया