समाज


तीव्र गतिका सवारी आपसमा ठोकिँदा २ जनाको मृत्यु, एकै घरका ४ घाइते

दुर्घटनामा ज्यान गुमाउने मारुती भ्यानका चालकको सनाखत हुन बाँकी
तीव्र गतिका सवारी आपसमा ठोकिँदा २ जनाको मृत्यु, एकै घरका ४ घाइते

नेपालखबर
भदौ ११, २०८२ बुधबार ५:३५, काठमाडौँ

झापा र सुसरीमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्। 

झापाको कनकाई नगरपालिका–८ स्थित बिरिङ पुलमा  गएराति मे १ च ३४४० नम्बरको मारुती भ्यान र मे १ च ५४४६ नम्बरको बोलेरो पिकअप आपसमा ठोकिँदा दुर्घटना भएको हो। 

दुवै सवारी तीव्र गतिमा रहेकाले दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।  दुर्घटनामा एकको मृत्यु र एकै परिवारका चार जना घाइते भएका हुन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार राति करिब ८ः४० बजे भएको दुर्घटनामा मारुती भ्यानका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको पहिचान खुलेको छैन ।

सोही दुर्घटनामा शिवसताक्षी–७ का ४० वर्षीय पृथ्वीनाथ साह, उनकी श्रीमती ३७ वर्षीया पुनमदेवी साह, १४ वर्षीय छोरा प्रसन्न साह र नौ वर्षीया छोरी प्रिन्सा साह घाइते भएका छन्। 

उनीहरूको बीएन्डसी अस्पतालमै उपचार चलिरहेको प्रहरीले जनाएको छ।  

बोलेरो चालक धनकुटा महालक्ष्मी–८ का २४ वर्षीय सुमन पौडेललाई नियन्त्रणमा लिएको ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए। 

त्यसैगरि सुनसरीको धरान उपमहानगरपालिका–१४ बिजयपुर चोकस्थित सडकमा को.१ ह ६०१९ नम्बरको अटो र को.३७ प ७९८६ नम्बरको मोटरसाइकल आपसमा ठक्कर मोटरसाइकल चालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोटरसाइकल चालक धरान उपमहानगरपालिका–१४ बस्ने ३२ वर्षीय सन्दिप मगर रहेका प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो। अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad