बितेको २४ घण्टामा सबैभन्दा बढी वर्षा काठमाडौँको बुढानीलकण्ठमा भएको जल तथा मौसम विज्ञान विभागले बताएको छ।
विभागले आज (आइतबार) बिहान ८:२० बजेतिर जारी गरेको सूचनाअनुसार गत २४ घण्टामा मुलुकभरमै सबैभन्दा बढी ६६.२ मिलिमिटर वर्षा भएको हो।
५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ।
विभागका अनुसार यस अवधिमा रुकुमपश्चिम, कैलाली, दार्चुलामा पनि भारी वर्षा भएको छ।
हेर्नुहोस्, मौसम विभागले जारी गरेको सूचना:

159
Shares

प्रतिक्रिया