समाज


डेंगी नियन्त्रणको लागि काठमाडौँ महानगरको ‘वाक एण्ड एक्ट’ अभियान

डेंगी नियन्त्रणको लागि काठमाडौँ महानगरको ‘वाक एण्ड एक्ट’ अभियान

नेपालखबर
भदौ ६, २०८२ शुक्रबार ११:११, काठमाडौँ

डेंगी रोग नियन्त्रणको लागि काठमाडौँ महानगरपालिकाले शुक्रबार बिहान काठमाडौँमा ‘वाक एण्ड  एक्ट’ अभियानमा संचालन गरेको छ। 

डेंगी रोगविरुद्ध सेचना अभिवृद्धि गर्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। 

डेंगी रोग नियन्त्रण सम्बन्धी सचेतना एवं लामखुट्टेको लार्भा खोज तथा नष्ट गर्ने उद्देश्यले ‘वाक एण्ड  एक्ट’अभियान सञ्चालन गरिएको हो।  

काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभाग, नगर कार्यपालिकाको कार्यालय, वागमती प्रदेशको आयोजनामा शुक्रबार बिहान राष्ट्रिय सभागृहबाट अभियान सुरु गरिएको थियो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि गएको साउन महिनालाई डेंगी रोग सचेतना महिनाको रुपमा मनाउने निर्णय गरेको थियो। 

काडमाडौँ महानगरपालिकाले समेत हरेक साताको शुक्रबार लामखुट्टेको वासस्थान खोज्ने र नष्ट गर्ने कार्य गर्दै आएको छ।

सो कार्यलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने उद्देश्यले नगरवासीहरुलाई सचेत गराउने उद्देश्यले महानगरपालिका अन्तर्गतका सबै वडामा एकसाथ, एकै समयमा डेंगी रोगको रोकथाम तथा नियन्त्रणको लागि ‘वाक एण्ड  एक्ट मेगा अभियान संचालन सुरु गरिएको महानगरपालिकाले जनाएको छ। 

डेंगी नियन्त्रणका लागि महानगरपालिकाको ३२ वटै वडामा एकै पटकमेघा अभियान सञ्चालन गरेकाे हाे।

महानगरपालिकाको स्वास्थ्य विभागका महामारी रोग रोकथाम तथा नियन्त्रण ‘फोकल पर्सन’ ऋषिप्रसाद भुसालका अनुसार लामखुट्टे बस्ने स्थान नष्ट गर्ने, माइकिङ गर्ने, नगरवासीलाई सचेत गराउने लगायत काम हुँदै आएको छ  

महानगरपालिकाले यसअघि नै लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियान सञ्चालन गर्दै आएको छ। पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन र निरन्तर सरसफाइका लागि जनचेतनामूलक अभियान अगाडि बढाइएको भुसालकाे भनाइ छ।

त्यस्तै, डेंगीको जोखिम कम गर्न र सावधानी अपनाउन  समुदायमा पुगेर सचेतना जगाउने काम भइरहेको महानगरले जनाएकाे छ। भुसालले भने, ‘समान्य जानकारी नहुँदा डेंगी फैलिरहेको छ। यसलाई नियन्त्रण गर्न खोज र नष्ट गर अभियान सुरु गरेका हौँ।’ 

महानगरपालिकाले विद्यालयमै पुगेर बालबालिकामार्फत डेंगी नियन्त्रणका लागि सचेतना कार्यक्रम गरेको छ। विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका टङ्याकी आदिमा लामखुट्टेले फुल पार्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad