समाज


आज काठमाडौँसहित ४४ जिल्लामा बाढीले जोखिम निम्त्याउने सम्भावना

आज काठमाडौँसहित ४४ जिल्लामा बाढीले जोखिम निम्त्याउने सम्भावना

नेपालखबर
भदौ ६, २०८२ शुक्रबार ८:३६, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज (भदौ ६, शुक्रबार) कहाँ-कहाँ बाढीको खतरा छ भनेर जानकारी दिएको छ। 

बाढी महाशाखाका अनुसार आज बिहानको मापनमा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरू तथा कन्काई, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तहभन्दा तलै छ तर बढ्ने सम्भावना छ। 

यसका अलावा आज सिन्धुपाल्चोक, धादिङ, लमजुङ, कास्की, म्याग्दी, गुल्मी, अर्घाखाँची, रुकुमपश्चिम, रुकुमपूर्व, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई बहने ससाना नदीको पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ र आकस्मिक बाढी आएर मध्यम जोखिम निम्तिने सम्भावना उच्च रहेको बाढी महाशाखाले जनाएको छ। 

साथै तापलेजुङ, संखुवासभा, ओखलढुंगा, खोटाङ, दोलखा, नुवाकोट, रसुवा, रामेछाप, काठमाडौँ, ललितपुर, भक्तपुर काभ्रेपलाञ्चोक तनहुँ, बागलुङ, गोरखा, पर्वत, रोल्पा, पाल्पा, रुपन्देही, कपिलवस्तु, जाजरकोट, दैलेख, कालिकोट, सल्यान, सुर्खेत, बाजुरा, हुम्ला, डोल्पा, बझाङ, बैतडी, दार्चुला, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने केही ससाना नदीको पनि आज बहाब उल्लेख्य बढ्ने सम्भावना छ र आकस्मिक बाढी आई मध्यम जोखिम निम्तिने सम्भावना पनि मध्यम नै रहेको बाढी महाशाखाले जानकारी गराएको छ।

हेर्नुहोस्, सूचना:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad