समाज


मोटरसाइकलमा सवार ३५ वर्षीय युवकको ट्रकको ठक्करबाट मृत्यु

मोटरसाइकलमा सवार ३५ वर्षीय युवकको ट्रकको ठक्करबाट मृत्यु

नेपालखबर
भदौ ४, २०८२ बुधबार ९:५५, काठमाडौँ

काभ्रेमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 

अरनीको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका– ६ केराघारीमा आज बिहान ना ७ ख ७२१४ नम्बरको ट्रकले ठक्कर दँदा मोटरसाइकल चालकको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार ओभरटेक गर्ने क्रममा काठमाडौँबाट कोशीपारितर्फ जाँदै गरेको बा ९३ प ११७० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसका चालक काभ्रेको चौरीदेउराली गाउँपालिका- ८ घर भएका अन्दाजी ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि धुलिखेल अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा हुन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad