समाज


गुड्दै गरेको गाडीबाट खसेर युवकको मृत्यु

गुड्दै गरेको गाडीबाट खसेर युवकको मृत्यु

नेपालखबर
भदौ २, २०८२ सोमबार १८:१२, काठमाडौँ

सुर्खेतमा गुडिरहेको गाडीबाट खसेर एकजनाको ज्यान गएको छ।

मृत्यु हुनेमा सुर्खेतको चौकुने गाउँपालिका–७ बस्ने २१ वर्षीय गगन थापा रहेका छन्।

बराहताल गाउँपालिका–१० गिरीघाटस्थित सडकमा गुटुबाट वीरेन्द्रनगरतर्फ जाँदै गरेको बा.५ ख १७४१ नम्बरको गाडीबाट खसेर गम्भीर घाइते भएका उनको कर्णाली प्रदेश अस्पताल कालगाउँमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनापछि फरार गाडी चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad