कास्कीको पोखरा महानगरपालिका वडा नं ९ का वडा सदस्य भावना श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य समेत रहेकी श्रेष्ठविरुद्ध दुई लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा आरोप पत्र दायर गरेको हो।
श्रेष्ठ समेतलाई बाटोको विवाद विषयको निर्णय गर्दा आफ्नो पक्षमा पार्नको लागि रविन कुमार श्रेष्ठले दुई लाख रुपैयाँ घुस/रिसवत दिएको अख्तियारको ठहर छ।
श्रेष्ठले पोखरा महानगरपालिकाको न्यायिक समितिमा विचाराधीन पोखरा २६ को बाटोको निकास सम्बन्धी विवादमा निवेदक रविन कुमार श्रेष्ठको पक्षमा निर्णय गर्न गराउनको लागि उनीसँग घुस/रिसवत वापत दुई लाख रुपैयाँ लिएको स्थापित भएको अख्तियारको ठहर छ।
श्रेष्ठलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो दुई लाख रुपैयाँ कायम गरी कैद र जफत हुन मागदाबी लिइएको अख्तियारको भनाई छ।
यस्तै, पोखरा महानगरपालिका वडा नं. २६ बस्ने रविन कुमार श्रेष्ठले पोखरा महानगरपालिकाको न्यायिक समितिमा विचाराधीन रहेको बाटोको विवादमा न्यायिक निरुपण गरी/गराइ फाइदा आफ्नो पक्षमा पुग्ने गरी निर्णय गराउन घुस दिएको स्थापित भएकोले उनीविरुद्ध समेत आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता
राजेन्द्र कुमार पौडेलले जनाएका छन्।
Shares

प्रतिक्रिया