समाज


ट्राफिक प्रहरीको लापसे परीक्षण अभियान: २० चालक पक्राउ

ट्राफिक प्रहरीको लापसे परीक्षण अभियान: २० चालक पक्राउ

फाइल तस्बिर


नेपालखबर
भदौ २, २०८२ सोमबार १३:३७, काठमाडौँ

ट्राफिक प्रहरी कार्यालय काभ्रेले सवारी चालकमा लागू पदार्थ सेवन (लापसे) परीक्षण अभियान सञ्चालन गरेको छ।

याे अभियानका क्रममा लापसे गरी सवारीसाधन चलाउने चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिरहेको कार्यालयले जनाएको छ। 

अरनिको राजमार्गअन्तर्गत उपत्यका प्रवेश नाका काभ्रेको साँगालगायत जिल्लाका विभिन्न स्थानमा गरेको परीक्षणमा लापसे गरेर सवारीसाधन चलाउने २० सवारी चालक पक्राउ परेका हुन्। एक सय एक चालकको परीक्षण गरिएकामा २० चालक पक्राउमा परेका कार्यालयले जनाएको छ। 

 कार्यालय प्रमुख सुनिल धाँजूका अनुसार साउन महिनामा तीन स्थानमा गरिएको परीक्षणमा २० प्रतिशत चालकलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको हो।

परीक्षणमा पक्राउ पर्नेमध्ये अधिकांश काठमाडौँ–धुलिखेल रुटमा सञ्चालित महानगर, मयूर तथा काभ्रेपलाञ्चोक–पुण्यमाता यातायात समितिका चालक रहेका कार्यालयले जनाएको छ। सचेतनामूलक रूपमा गरिएको लापसे परीक्षणलाई निरन्तरता दिइने धाँजूले बताए। 

 सडक अनुशासन, सवारी दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्ने अभियानस्वरूप चालकको लागू पदार्थ सेवन (लापसे) चेक गरिएको हाे।

नेपाल प्रहरी प्रदेश कार्यालय पनौती, इलाका प्रहरी कार्यालय बनेपा र जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा लापसे चेक गरिएको हो।

परीक्षण शिर मेमोरियल अस्पताल बनेपा, बनेपा नगरपालिका स्वास्थ्य शाखाको समन्वय र सहकार्यमा भएकाे थियाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad