समाज


पहिरो पन्छाएपछि कालीगण्डकी करिडोरमा चल्न थाले गाडी

पहिरो पन्छाएपछि कालीगण्डकी करिडोरमा चल्न थाले गाडी

नेपालखबर
साउन २९, २०८२ बिहिबार १२:१३, काठमाडौँ

लगातारको वर्षाका कारण पहिरो गएपछि बुधबार बिहानदेखि अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडकमा आजदेखि गाडी चल्न थालेका छन्।

गुल्मीखण्डको कालीगण्डकी गाउँपालिका-२ स्थित राक्सेमा सडक माथिबाट चट्टानसहितको पहिरो खसेपछि याे सडक दुई दिनदेखि पुर्णरुपमा अवरुद्ध थियो।
     
स्काभेटरको माध्यमबाट सडकमा थुप्रिएको पहिरो पन्छ्याएपछि केहीबेर अघिदेखि सडकमा दुईतर्फी गाडी चल्न थालेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिए।
      
त्यसैगरी अविरल वर्षाका कारण पहिरो जाँदा आज बिहानदेखि मदनभण्डारी राजमार्ग सडकअन्तर्गत गुल्मीको रिडी–तम्घास सडक अवरुद्ध बनेकाे छ। उक्त सडकखण्डअन्तर्गत रुरुक्षेत्र गाउँपालिका–३ स्थित बाख्रे भीरमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो।

पहिराे हटाउने प्रयास भइरहे पनि पानी पहिररहेकाले सम्भव नभएकाे प्रहरीले जनाएकाे छ।

सडक अवरुद्ध हुँदा रुरुक्षेत्र‐३ स्थित पानी ट्यङ्कीबाट थोर्गाहुँदै सालबिसौनाको वैकल्पिक सडक प्रयोग गरि सवारी साधन सञ्चालन भइरहेका छन्। मदनभण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडकखण्डमा समानान्तर जेभी र इलाइट कम्पनीद्वारा २५ किलोमिटर सडक फराकिलो र कालोपत्रको काम भइरहेको छ। 

गुल्मीसहित आसपासका क्षेत्रमा तीन दिनदेखि निरन्तर रूपमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

निरन्तर वर्षाका कारण बडिगाड खोला र कालीगण्डकी नदी किनारमा पानीको सतह बढ्दै गएको छ। बाढी र पहिरोको जोखिम बढ्नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन र सुरक्षित स्थानमा बसोबास गर्न आग्रह गरेकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad