समाज


कारागारको झडपपछि कैलालीका सीडीओ तानिए मन्त्रालय

कारागारको झडपपछि कैलालीका सीडीओ तानिए मन्त्रालय

नेपालखबर
साउन २८, २०८२ बुधबार २०:१८, काठमाडौँ

कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोगनबहादुर हमाल गृह मन्त्रालय तानिएका छन्।

कारागारमा कैदीबन्दीबीच झडप हुँदा सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै उनलाई गृह मन्त्रालय तानिएको हो। 

कैलालीको सीडीओमा दाङका सीडीओ कृष्णप्रसाद लम्साललाई खटाइएको छ। दाङमा भने तत्काल कुनै निर्णय भइसकेको छैन। 

गत साता कैलाली कारागारमा झडप हुँदा एकजनाको मृत्यु भएको थियो। झडपमा ४७ जना कैदीबन्दी घाइते भएका थिए।

त्यसअघि नै कैदीबन्दीबीच विवाद देखिएको र समयमै सुरक्षा सतर्कता नअपनाउँदा उक्त घटना हुन पुगेको भन्दै हमाललाई सीडीओको जिम्मेवारीबाट अलग गरिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad