राजनीति


सांसदको प्रश्नः कारागारभित्र हतियार कसरी जान्छ?

सांसदको प्रश्नः कारागारभित्र हतियार कसरी जान्छ?

नेपालखबर
साउन २८, २०८२ बुधबार १७:११, काठमाडौँ

जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले कारागारभित्र हातहतियार, मादक पदार्थ कसरी जान्छ? भन्दै प्रश्न उठाएकी छन्।

बुधबार बसेको कानुन न्याय तथा मानवअधिकार समितको बैठकमा उनले गृहमन्त्री रमेश लेखकलाई यस्तो प्रश्न गरेकी हुन्। कारागार सुरक्षाका लागि जेलर, सुरक्षा दिने निकाय हुँदाहुँदै पनि कारागारभित्र अवैध कारोबार भइरहेको उनको भनाई छ।

कारगारभित्र खुलेआम रुपमा पैसाको लेनदेन, मादकपदार्थको बिक्री वितरणका साथै हातहतियार समेत प्रवेश गर्नु गम्भीर भएको उनले बताइन्। उनले यसतर्फ गृहमन्त्रालयको ध्यानाकर्षण समेत गराएकी छन्।

उनले भनिन्, ‘कारागारभित्र हातहतियार कसरी जान्छ? कारागारभित्र मादक पदार्थ कसरी जान्छ? कारागार भित्र हामी सुरक्षा गर्नलाई कारागारमा जेलरको व्यवस्था गरेका छौँ। सुरक्षा दिने निकाय छ, हामीसँग। प्रशासन छ, हामीसँग। तर भित्र चाहिँ पैसाको लेनदेन, मादक पदार्थको बिक्री वितरण। त्यसपछि हातहतियार समेत पुगेको अवस्था। कसरी हुन्छ, यतातिर मन्त्रालयलाई गम्भीर हुन म आग्रह गर्न चाहन्छु।’ 

उनले कारागारमा चौकीदार, नाईके, भाइनाईके जस्तो नेतृत्वमा पुग्नको लागि हिसांत्मक घटना हुने गरेको बताइन्। यस्तै उनले क्षमताभन्दा बढी कैदीबन्दी राख्दा पनि कारागारमा समस्या आउने गरेको बताइन्। 

७२ जिल्लामा ७५ वटा कारागार रहेको उल्लेख गर्दै उनले भक्तपुर, धनुषा, बारा, पुर्वी नवलपरासी र पुर्वी रुकुम गरी पाँच वटा जिल्लामा अझै कारगार नरहेको उल्लेख गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad