पछिल्लो एक वर्षको अवधिमा काठमाडौँ जिल्लामा २ हजार ७०० भन्दा बढी आगलागीका घटना भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँमा गत आर्थिक वर्ष २०८१/८२ मा कुल दुई हजार ७२२ वटा आगलागीका घटना दर्ता भएका छन्।
यस्तै ग्यास चुहावट भएर ४५, वन जंगलमा ६८ र अन्य कारणबाट ३२६ वटा आगजनीको घटना भएको परिसरका वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए। आगलागीको जानकारी पाउनासाथ तत्काल अन्य निकायसँग समन्वय गरेर प्रतिकार्यमा प्रहरी जनशक्ति खटिइएको उनको भनाइ छ।
४२ प्रतिशत घटनामा ५ मिनेटभित्रै प्रहरी घटनास्थलमा
‘प्रहरी कन्ट्रोल रुम’मा अपराधसम्बन्धी सूचना प्राप्त हुने बित्तिकै परिसर मातहतका युनिटबाट सम्बन्धित स्थानमा परिचालित हुने व्यवस्था मिलाइएको प्रमुख अधिकारीले बताए। पछिल्लो एक वर्षमा ४२ प्रतिशत घटनामा प्रहरी पाँच मिनेटभन्दा कम समयमा सम्बन्धित स्थानमा पुगेको उनले जानकारी दिए।
ट्राफिक जाम, घटनास्थलको पहिचान, सूचनाको विश्लेषण र प्राथमिकीकरणका कारण केही स्थानमा पुग्नका लागि समय लागेको जानकारी दिँदै जतिसक्दो चाँडो घटनास्थलमा पुगेर परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले विभिन्न उपाय अवलम्बन गरिरहेको प्रमुख अधिकारीको भनाइ छ।
प्रहरी हटलाइन, एसएमएस, सिसिटिभी, सामाजिक सञ्जाल, प्रहरी मोबाइल एप, रेडियो सेट, कार्यालय तथा व्यक्तिगत फोन सम्पर्क तथा व्यक्ति स्वयं उपस्थित भई प्रहरीमा सूचना आउने गरेको छ। गत वर्ष मात्रै काठमाडौँ प्रहरीमा चार लाख २८ हजारभन्दा बढी अपराधका सूचना प्राप्त भएको थियो।
सबैभन्दा बढी धर्ना र विरोध काठमाडौँमा
प्रहरी तथ्यांकले धर्ना, विरोध र्याली, अनसन र तालाबन्दीलगायत सुरक्षा चुनौतीका घटना काठमाडौँमा भएको देखाउँछ। गत वर्ष नेपालभर भएका धर्नामध्ये काठमाडौँमा ४२ दशमलव ७३ प्रतिशत र विरोध र्याली २१ दशमलव ६१ प्रतिशत तथा उपत्यकाभित्र काठमाडौँमा मात्रै ८१ दशमलव ६८ प्रतिशत धर्ना र ७४ दशमलव शून्य छ प्रतिशत विरोध र्याली भएका छन्। त्यस्ता धर्ना, विरोध प्रदर्शन, विरोध र्याली, तालाबन्दीलगायत घटना नियन्त्रणमा लिन तीन लाख ८६ हजार ९४० प्रहरी जनशक्ति परिचालित गर्नुपरेको परिसरले जनाएको छ।
गत वर्ष काठमाडौँमा शिक्षक, सहकारी, स्वर्गद्वारी, पूर्वराजा समर्थित विरोध, समाजवादी मोर्चा र व्यवस्था विरोधी राजनीतिक दल तथा समूहको विरोध प्रदर्शनलगायतका घटना भएका थिए।रासस
471
Shares

प्रतिक्रिया