पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेस सांसद डा. प्रकाशशरण महतले नेपालमा योग्य मान्छेहरूको अभाव भएको बताएका छन्।
बुधबार अर्थ समितिको बैठकमा बोल्दै उनले नेपालमा योग्य मान्छेहरूको अभाव भइसकेकाले गम्भीर हुनुपर्ने बेला आएको बताएका हुन्। उनका अनुसार विदेशबाट पीआरहरू छाडेर नेपाल जो आउँछु भन्छन्, त्यस्ता योग्य मान्छेहरूलाई बिनासर्त स्वागत गर्नुपर्छ।
सबै कुरा जोखिममा राखेर आउ भन्दा योग्यमान्छेहरू जोखिम मोलेर आउन नचाहिरहेको उनको भनाइ छ।
पूर्वअर्थमन्त्री समेत रहेका नेता महतले भने, ‘हामीले धेरै कुरा भावनामा बगेर गरेका छौं। यो पीआर हुनेबित्तिकै नेपालमा जागिर खान तीन महीना अघि नै छाड्नुपर्ने यी सबै बकबास हुन्। अस्ति भर्खरै इङल्याण्डमा क्यानडाको प्रधानमन्त्री बने। इन्डियामा रघुरमन गभर्नर थिए। उनीसँग अमेरिकाको पीआर नै थियो। उनले गभर्नर छाडेपछि फेरि अमेरिका पढाउन गए। पीआर भनेको केही होइन। पीआर भनेको त्यहाँको काम गर्न दिइएको सुविधा हो। त्यो भन्दा अरु केही पनि होइन। त्यहाँको नागरिकता होइन त्यो। त्यहाँको नागरिक बनिने होइन। त्यहाँ कुनै राजनीतिक अधिकार हुँदैन। तर पनि हामीले यसलाई पहाड जस्तै ठान्यौं।’
उनले सार्वजनिक पद धारण गर्न तीन महिना अघि नै विदेशी पीआर छाडिसक्नुपर्ने व्यवस्था ठिक नभएको बताए। महतकाअनुसार तीन महीना अघावै नेपालमा पीआर छाडेर आउनेलाई कामको ग्यारेन्टी नेपाल सरकारले गर्न सक्नुपर्छ।
काम पनि नभए यत्तिकै मान्छे पीआर छाडेर आउन तयार नहुने उनको भनाई रहेको छ।
Shares

प्रतिक्रिया