ad ad

समाज


प्रयोगशालामा कोरोना भाइरस निर्माण भएको भनाइपछि चीनको यस्तो प्रतिक्रिया

प्रयोगशालामा कोरोना भाइरस निर्माण भएको भनाइपछि चीनको यस्तो प्रतिक्रिया

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार ९:११,

अमेरिकी अनुसन्धानकर्तालाई उदृतगर्दै सीएनएनले कोरोना भाइरस चीनको माछा बजारमा नभएर प्रयोगशालाबाट फैलन सुरु भएको जनाएको थियो।

प्रयोगशालामा बनेर फैलिएको कोरोना भाइरसको विषयमा थप अनुसन्धान भइरहेको पनि सीएनएनको समाचारमा जनाइएको थियो। तर सीएनएनको समाचार सार्वजनिक भएपछि चीनले यस विषयमा प्रतिक्रिया जनाएको छ।

बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले उक्त समाचार झुठो भएको बताएका छन्।

उनले भनेका छन्,‘कोरोना भाइरसको विषयमा चीनको दृष्टिकोण जहिल्यै सफा छ। यो वैज्ञानिक विषय भएकाले यसलाई वैज्ञानिक र चिकित्सकले अध्ययन गर्नुपर्छ।’

उनी भन्छन्,‘विश्व स्वास्थ्य संगठन डब्लूएचओले कोरोना भाइरस ‘कोभिड १९’ प्रयोगशालामा निर्माण नभएको बताइसकेको छ।’

झाओले महामारी र सरुवा रोग अन्तर्राष्ट्रिय समुदाय र विश्वका मानिसकै दुश्मन भएकाले यस रोगविरुद्ध सबैले एक भएर अगाडि बढ्नुपर्ने भनाइ राखेका छन्। उनले यो आरोप र प्रत्यारोपमा उत्रिने समय नभएको जनाए।

चीनले कोरोनाविरुद्ध जित निकाल्न अन्य देशहरुसँग सहकार्य जारी राख्ने पनि उनले बताएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .