समाज


‘परिचयपत्र देखाउँदा देखाउँदै पनि त्रिवि शिक्षण अस्पतालका डाक्टरलाई प्रहरीले कुटे, छानबिन होस्’

‘परिचयपत्र देखाउँदा देखाउँदै पनि त्रिवि शिक्षण अस्पतालका डाक्टरलाई प्रहरीले कुटे, छानबिन होस्’

नेपालखबर
बैशाख ४, २०७७ बिहिबार ३:३५,

लकडाउनमा बाहिर निस्केको भन्दै त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) का आवासीय चिकित्सकलाई प्रहरीले हातपात र लठ्ठी चार्ज गरेका छन्।

ड्युटी सकेर आफ्नो निवासमा फर्किँदै गर्दा कान्ति बाल अस्पतालको पछाडि ओरालोमा परिचयपत्र देखाउँदा देखाउँदै पनि प्रहरीले आफूहरूलाई दुर्व्यवहार र हातपात गरेको शिक्षण अस्पतालमा तीन जना आवासीय चिकित्सकले बताएका छन्।

घटनाप्रति गम्भीर ध्यानकर्षण भएको भन्दै नेपाल चिकित्सक संघले घटनाको छानबिन गरी दोषी प्रहरीलाई कारबाही गर्न माग गरेको छ।

chikitsak bigyapti

यस्तै नेसनल रेसिडेन्ट डक्टर्स एसोसिएसनले पनि घटनाको छानिबन गरी दोषी प्रहरीलाई कारबाही गर्न माग गरेको छ। अन्यथा कडा कदम चाल्न बाध्य हुने उसले चेतावनी दिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad