समाज


जाजरकोटमा एम्बुलेन्स भिरबाट खस्दा चालकको मृत्यु

जाजरकोटमा एम्बुलेन्स भिरबाट खस्दा चालकको मृत्यु

नेपालखबर
साउन २६, २०८२ सोमबार १३:६, सुर्खेत

जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। भेरी नगरपालिका-१ कोल्चौर नजिकै कल्ले खोलामा गएराति १ बजे एम्बुलेन्स दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मृत्यु हुनेमा भेरी नगरपालिका-१ डौंरीकाँडाका २७ वर्षीय शुनिल चनारा रहेका छन्। 

भेरी नगरपालिका-१ का वडाध्यक्ष दीपक रानाले खलङ्गाबाट भेरी नगरपालिका-१ कै डौँरीकाँडा बिरामी लिन जाँदै गरेको उदय युवा क्लव मुसीकोट-१३ रूकुमपश्चिमको नाममा रहेको भे १ च २२४७ नम्बरको  एम्बुलेन्स दुर्घटनाका परेको हो। 

अस्थायि प्रहरी पोस्ट होलुखोलाका अनुसार उकालो जाने क्रममा भित्तामा ठोक्किँएर एम्बुलेन्स सडकबाट करिब दुई सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

राति १ बजेको एम्बुलेन्स दुर्घटना भए पनि सोमबार बिहान घाँस काट्न गएका स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। 

चालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोटमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad