कैलाली कारागारमा शुक्रबार राति भएको सामूहिक झडपमा परेर घाइते भएका अर्का एक कैदीलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएको छ।
सेती प्रादेशिक अस्पतलामा उपचाररत गम्भीर घाइते कैदीलाई थप उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
‘टिकट बनाउँदैछौं। आजै लैजाने तयारी छ,’ उनले भने।
शुक्रबार राति कारागारभित्र भएको सामूहिक झडपमा कुटपिट हुँदा धनगढी उपमहानगरपालिका ४ का भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए।
तीमध्ये एक गम्भीर घाइते कैदीलाई शनिबार नै काठमाडौँ लगिएको थियो। अन्य कैदीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
117
Shares

प्रतिक्रिया