क्रिकेटर ललित राजवंशीलाई मातृशोक परेको छ। उनकी आमा शुभो राजवंशीको ६३ वर्षको उमेरमा आइतबार निधन भएको हो।
लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पीडित उनको विराटनगर महानगरपालिका-१४ स्थित घरमा निधन भएको हो।
ललितले सामाजिक सञ्जाल फेसबुकको स्टोरीमा 'आई एम साे सरी मामु' लेखेका छन्।
उनको आजै अन्तिम संस्कार गर्ने तयारी छ। शुभो राजवंशीका तीन छोरा र एक छोरी छन्। ललित कान्छा छोरा हुन्।

प्रतिक्रिया