समाज


बाजुरामा भिरबाट खसेका पूर्वशिक्षामन्त्री ओझाका छोराको शव खोचबाट निकालियो

बाजुरामा भिरबाट खसेका पूर्वशिक्षामन्त्री ओझाका छोराको शव खोचबाट निकालियो

फाइल तस्बिर


नेपालखबर
साउन २४, २०८२ शनिबार ८:३, काठमाडौँ

बाजुरामा भिरबाट लडेर मृत्यु भएका पूर्वशिक्षामन्त्री देवीप्रसाद ओझाका छोरा विप्लव ओझाको शव निकालिएको छ।

काठमाडौँ जिल्लाको गोकर्णेश्वर नगरपालिका-५, नारायणटार बस्ने ५२ वर्षीय विप्लव ओझा बडिमालिका मन्दिर दर्शनपश्चात् नाटेश्वरी धाम जाने क्रममा बिहीबार राति बाटोबाट चिप्लिएर करिब ७ सय मिटर तल बिस्नापानी खोल्सामा खसेका थिए। 

उनको शव नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त सुरक्षाफौजले शुक्रबार साँझ खोचबाट निकालेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad