समाज


बनेपाबाट हराएको मोटरसाइकल पनौतीमा फेला पर्‍यो, २ युवक समातिए

बनेपाबाट हराएको मोटरसाइकल पनौतीमा फेला पर्‍यो, २ युवक समातिए

नेपालखबर
साउन २४, २०८२ शनिबार ७:४७, काभ्रे

काभ्रे प्रहरीले मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा काभ्रेकै पनौती नगरपालिका-२ बस्ने २० वर्षीय विवेक तामाङ र पनौती- ९ घर भएका १९ वर्षीय निरन विश्वकर्मा रहेका छन्। 

यही साउन १९ गते राति उनीहरुले बनेपा नगरपालिका ७ स्थित अरनिको पार्टी प्यालेस अगाडि विष्णुबहादुर सार्कीले पार्किङ गरेर राखेको २ सय सिसिको बा.९६ प २१७१ नम्बरको रातो रंगको एनएस मोटरसाईकल चोरी भएको थियो। 

चोरिएको उक्त मोटरसाइकल पनौति नगरपालिका-२ स्थित जरिङस्ति विवेक तामाङको घरमा   लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो। 

पक्राउ परेका दुवै युवकमाथि आवश्यक कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad